अस्ट्रियाका डोमिनिक थिएम युएस ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन् ।

२७ वर्षीय थिएमले जर्मन खेलाडी एलेक्जान्डर स्वेरेभलाई पराजित गरेर खेल जीवनमा पहिलो ग्राण्ड सलाम उपाधि जितेका हुन् ।

सोमबार बिहान भएको खेलमा सुरुका दुई सेटमा थिएम पराजित भए । त्यसपछिका सेटमा भने उनी विजयी भए । थिएमले २३ वर्षीय स्वेरेभलाई २–६, ४–६, ६–४, ६–३, ७–६ र ८–६ अंकले हराएका हुन् ।

ग्राण्ड सलाम उपाधि जित्ने थिएम सन् २००४ यता पहिलो खेलाडी हुन् । त्यो बेला अर्जेन्टिनाका गास्तोन गाउडिओले सुरुका दुई सेटमा पछि परेर पनि अन्ततः फ्रेन्च ओपनको उपाधि जितेका थिए । एजेन्सी

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय