अष्ट्रेलियाबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड विजयी भएको छ ।

इङ्ल्याण्डको जितसंगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ । आईतबार म्यान्चेष्टरमा भएको खेलमा घरेलु टोली इङ्ल्याण्डले अष्ट्रेलियालाई २४ रनले हराएको हो ।

२ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ८ बल बाँकी छँदै २०७ रनमै समेटियो । कप्तान आरोन फिन्चले ७३, मारनस लबसचगनेले ४८ र एलेक्स केरीले ३६ रन बनाए ।

इङ्ल्याण्डका साम कुरान, जोफ्रा आर्चर र क्रिस वाक्सले तीन तीन विकेट लिए । आदिल रसिदले १ विकेट चटकाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनायो । एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । एजेन्सी

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय