
पर्वत । रातभरको अविरल वर्षापछि स्थानीय भुकेखोलाको भेलसँगै आएको पहिरोले सिर्सुवाका नबिन बिकको घर पुरेको छ । पहिरो आएपछि परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए भने ३ वर्षीया भने पहिरोमा परि मृत्यु भएको टीकाराम भुसालले जनाए ।
सोही पहिरोले भुसालको घर, गोठ र धान खेतीमा क्षती पुराएको छ । मुडिकुवाकै अर्को ठाउँमा पनि पहिरो जाँदा रामप्रसाद तिवारीको गोठमा बाँधिएका चौपाया मरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पहिरोमा प्रहरीले उद्धार गरिरहेको र पूरा विवरण आउन बाँकी रहेको जानकारी छ । यसैबीच, बागलुङको जैमिनीमा पहिरोले चार घर परिएको छ भने एक जना बेपत्ता भएका छन् ।
बागलुङको कुश्मीशेरामा सडक माथीबाट आएको पहिरोले टुनीबोटका ७० वर्षिय हरिकृष्ण पौडेल पुरिँदा बेपत्ता हुनुभएको हो । उहाँको परिवारका अन्य तीन जनाले भने भागेर ज्यान जोगाएको स्थानीय कृतिनाथ शर्माले जानकारी दिनुभयो ।
आईतबार एक जनाको ज्यान लिएको पहिरोले सोमबार थप तीन घरमा क्षति पु¥याएको छ । अत्याधिक वर्षा भएपछि घरमा रहेका सबैलाई स्थानीयले रातीनै अन्यत्र सारेका थिए ।
घटनास्थलमा ठुलो पहिरो झरिरहेकाले प्रहरी चौकी कुश्मीशेराको टोली पुग्न सकेको छैन । वडा सदस्य रुद्रनाथ शर्माले बताउनुभयो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd