वीरगंज । वीरगंज महानगरपालिका वडा नं– ८ मा पानीटंकी टोल एक कार्यक्रमका बिच युवा नेता राजुदीन बाबुको नेतृत्वमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

प्रभु अस्पताल देखि पानीटंकी चौक एल.एस. न्यूरो अस्पताल सम्म विगतका समयमा वृक्षारोपन गरिएको स्थानमा केही विरुवाहरु नसप्रिएको तथा सुकेको स्थानमा आज पुनः विभिन्न प्रजातिका वृक्षारोपण गरिएको हो ।

वातावरण संरक्षण चुनोतीको रुपमा देखिएकोले वातावरण जोगाउनको लागि मानव जीवनमा अक्सिजन अति महत्वपूर्ण रहेकोले उक्त वृक्षारोपण गरिएको हो । सो वृक्षारोपण कार्यक्रममा टिमुर, गुल्मोहर, अशोका लगायत विभिन्न प्रजातिका करिब ५० वटा विरुवाहरु रोपिएको युवा नेता राजुदीन बाबुले बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय