काठमाडौँ । जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिस महिला सिंगलको उपाधि जितेकी छिन् ।
पहिलो सेटमा हारे बेहोरेकी ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम दुई सेट लगातार जितेर उपाधि जितेकी थिइन् । ओसाकाले बिहान सम्पन्न फाइनलमा बेलारुसकीई भिक्टोरिया अजारेनकालाई १-६, ६-३, ६-३ मा पराजित गर्दै युएस ओपनको उपाधि जितेकी हुन् ।
योसँगै उनले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिइन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd