पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा ६८ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै कुश्मा बजारका केहि क्षेत्रहरुमा प्रतिबन्ध लगाइएको छ ।

संक्रमीत पुरुष राजनैतिक गतिविधिमा समेत सहभागी हुने गरेकाले संक्रमण समुदायमा फैलिन सक्ने आंशकामा बजार क्षेत्रमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले बताएका छन् ।

यस्तै कुश्मा नगरपालिका ४, ५, ६ र ७ भित्र सवारी साधन आगमनमा प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक सेवा अन्तर्गतका ब्यापारीक प्रतिष्ठानहरु पनि पूर्ण रुपमा बन्द भएका छन् । उनलाई संक्रमण देखिँदा सम्पर्कमा आएका ब्यक्तिहरुको थप खोजी र पहिचान गर्न नगरपालिकाको स्वास्थ्य शाखा जुटेको छ । नगरपालीकामा आज मात्रै २ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये अर्का एक जना २३ बर्षका पुरुष भने क्वारेन्टाइनमा बसीरहेका युवा हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतले एक सुचना जारी गर्दै नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको, वैंक तथा वित्तिय संस्थाहरु पनि भोलीबाट १ साताका लागि बन्द हुने जानकारी गराइएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय