दिल्ली । भारतको राजधानी दिल्लीमा एउटा घटना जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् ।

हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बलात्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घटना छन् जसले थुप्रैले ध्यान आकृष्ट गरेका हुन्छन् । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने व्यक्तिको प्रतिक्षा गरिरहेका बेला बलात्कार गर्ने व्यक्ति उनी भएठाउँ पुगेका हुन् । स्वाति मालिवालले भनिन्, ‘ती व्यक्तिले महिलालाई सधैं दुध ल्याउने व्यक्ति आज नआउने त्यसैले उनलाई दुध पाउन सकिने स्थानमा पुर्याइदिने बताइन् ।’

स्वातिका अनुसार वृद्धाले उनलाई विश्वास गर्दै उनीसँगै गइन् । त्यसपछि ती व्यक्तिले नजिकैको खेतमा लगेर उनलाई बलात्कार गरे । उनी रोइरहिन् र आफूलाई छोडिदिनका लागि याचना गरिरहिन् तर ती व्यक्तिले सुनेनन् । उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि । त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए ।

स्वाति मालिवाल मंगलबार पीडितको घर गइन् । त्यहाँ उनले जे देखिन् त्यो मन कुँडिने खालको थियो । ‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’ स्वाति मालिवालले अभियुक्तका लागि मृत्युदण्डको माग गरेकी छिन् । यी व्यक्ति हाल प्रहरीको नियन्त्रणमा छन् ।एजेन्सी

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय