पर्वत । स्वास्थ्य तथा समाजसेवाको क्षेत्रमा सक्रिय समाजसेवी डा. मनोर दिन सैयद शैक्षिक सहायता कार्यक्रम लिएर पर्वत आउने भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोट स्थित श्री हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत १०९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। शैक्षिक सामग्रीको अभावमा अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

पर्वत भ्रमणका क्रममा डा. सैयदको टोलीले गण्डकी तथा धौलागिरि क्षेत्रका केही पर्यटकीय एवं धार्मिक स्थलहरूको समेत अवलोकन गर्ने कार्यक्रम रहेको स्थानीय आयोजकले बताएका छन्।

समाजसेवामा समर्पित डा. सैयदको टोलीले यसअघि पनि देशका विभिन्न स्थानमा सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ। हालै कालीगण्डकी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई टोलीले आपत्कालीन राहत सामग्रीसमेत वितरण गरेको थियो।

शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको टोलीको यस कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सहयोग पुग्नुका साथै सामाजिक सेवाप्रतिको सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय