काठमाडौँ । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ ।
बुधबार दशरथ रंगशालामा भएको प्रतियोगिताको उद्घाटनमा नेपालले लाओसमाथि २-० को सानदार जित दर्ता गरेको हो । खेलको पहिलो आफर दोस्रो हाफमा समान एकएक गोल भएको थियो ।
३०औँ मिनेटमा अनन्त तामाङले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । साथै दोस्रो हाफको ५६ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले लामो दुरीबाट सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।
उनले मैदानको लाओस पक्षको मैदानको मध्यभागबाट प्राप्त बललाई पहिलो टचमा नै गोल पोष्टको जाली चुमाएका थिए । बाँकी समयमा दुवै टोलीले राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा नेपाल विजयी बन्यो । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd