काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगमाथि जवरजस्ती करणीको आरोपमा प्रहरी बृत्त गौशालामा  जाहेरी दर्ता भएको छ ।

यस लगतै लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले काठमाडौं जिल्ला अदालत जाने भएको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको हो ।

कुनै पनि घटनामा आरोप लागेका वा सम्बन्धित मानिसलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतसँग अनुमति माग्नुपर्ने कानुनी प्रावधान छ ।

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाउने काम पनि गरिरहेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरी दर्ता गरेसँगै पीडित नाबालिगको स्वास्थ्य परीक्षण समेत गराइएको छ । उनको एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षण गरिएको हो ।

लामिछानेले पीडित नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलको कोठा नम्बर ३०५ मा पुर्‍याएर आफूमाथि पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । यस घटनाको अनुसन्धान प्रहरी परिसर र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय