
काठमाडौँ । श्रीलंकामा जारी साफ यू १७ पुरुष फुटबल च्याम्पियनसिपमा गएराति दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित फेला पारेकाे छ ।
कोलम्बोस्थित रेडकोर्ष स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ६-० गोलको फराकिलो जित निकालेको हो । खेलको २१ औं मिनेटमा कप्तान प्रशान्त लक्ष्मणको गोलमा नेपालले अग्रता बनाएको थियो । त्यसको दुई मिनेट नबित्दै हरिसराज भट्टले अग्रता दोब्बर बनाए । त्यस्तै सुवास बमले ३० र निरोज कार्कीले ३७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपाल चार गोलले अघि रह्यो ।
त्यस्तै खेलको ५१ औं मिनेटमा युनेश बुढाथोकीले ५१ औं मिनेटमा गोल गर्दा सिजल राईले ९० औं मिनेटमा गोल थपे। र, नेपालले घरेलु टोलीमाथि ६-० को फराकिलो जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । जितसँगै नेपालले फाइनलमा भारसँग भेट सुनिश्चत गरेको छ । सोमवारसम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई २-१ गोलअन्तरले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd