काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

महासंघकाअनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो । आज छापावाल सनुको मूल्य तोलामा ९४ हजार रुपैयाँ, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य एक हजार १३० रुपैयाँ प्रतितोला कायम भएको छ ।

मंगलबार ९४ हजार ८ सय रुपैयाँमा छापावाल, ९४ हजार ३ सय रुपैयाँमा तेजावी र एक हजार १४५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । महासंघका अनुसार भदौ ९ यता सुनको मूल्य निरन्तर घटेको छ ।

९ भदौमा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १५ भदौसम्म आइपुग्दा तोलामै १८ सय रुपैयाँले घटेको छ ।

ठूला अर्थतन्त्र भएका मुलुकहरुको केन्द्रिय रिजर्भ बैंकले निक्षेपको ब्याजदर बढाउँदा लगानीकर्ता सुनमा भन्दा पनि बैंक निक्षेपमा केन्दि्रत हुँदाको असर सुन मार्केटमा देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय