काठमाडाैँ । पवित्र तीर्थ गोसाइँकुण्ड जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पुगेका भक्तजन फर्कने क्रम जारी छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करीब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी आ–आफ्ना गन्तव्यतर्फ फर्किन थालेका हुन् ।

यस वर्षको गोसाइँकुण्ड मेलाअन्तर्गत जनैपूर्णिमाको दिन पानी नपरेका कारण भक्तजनलाई स्नान तथा पूजा आराधना गर्न सहज भएको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार गोसाइँकुण्ड गएका केही सामान्य बिरामीबाहेक सबै यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ फर्किएका छन् । उनले फाटफुटबाहेक सबै यात्रु कुण्डबाट फर्किसकेका छन् ।

गोसाइँकुण्डबाट फर्किएका भक्तजनमध्ये अपराह्नसम्म करीब ४० प्रतिशत धुञ्चे पुगिसकेका र २० प्रतिशत भने रसुवाबाट बाहिरिसकेको बताइएको छ । हिमाली क्षेत्रमा सञ्चार नेटवर्क नभएका कारण अन्य विषयको जानकारी भने आउन बाँकी रहेको बताइएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय