काठमाडाैँ । सुरुवात नेपालको सबैभन्दा बढी रुचाइने चाउचाउ ब्रान्ड ‘वाइवाइ’बाट भएको छ ।
तर, पछिल्ला दिनमा महँगी मात्रै बढेको छैन, सबैको टाउको दुखाइको विषय बढ्दो महँगी भएकाे छ । बढेको मूल्यमा मालसामानका ‘प्याकेट’ हरू खुम्चिन थालेका छन् ।

पछिल्लो दुई महिनामा वाइवाइ चाउचाउले दुई पटक मूल्य बढाएको छ । वाइवाइले मूल्य मात्रै बढाएको छैन, चाउचाउको तौल घटाएर बजारमा पठाएको पाइएको छ ।

सार्वजनिक रुपमा वाइवाइले मूल्य बढाएको जानकारी दिएको छैन । तर, प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएकाले धेरै ग्राहकले आश्चर्य प्रकट गरेका छन् ।

‘बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ थियो,’ खुद्रा व्यापार संघका एक सदस्य भन्छन्, ‘अहिले उक्त चाउचाउको मूल्य २३ रुपैयाँ पुगेको छ भने तौल कहिले ६५ ग्राममा झरेको छ ।’ ब्यापारीहरूका अनुसार झन्डै ५ महिना अगाडी ७५ ग्राम ताैल घटाएर ६५ ग्राम बनाइएको थियो ।

अझ रोचक त के छ भने ‘वाइवाइ’ले प्याकेटमा तौल ६० ग्राम मात्र तौल तोकेको छ । स्ट्यान्डर्ड नाप र तौल नियमावली २०७६ चाउचाउको प्याकेजिङ ७५ ग्रामबाट घटाउने हो भने ६० ग्राम कायम गर्नुपर्छ । तर, वाइवाइले चतुरतापूर्वक ५ ग्रामलाई ‘फ्रि’ ट्याग हालेको छ । अर्थात् अब वाइवाइले सित्तैमा दिइरहेको ५ ग्राम पनि जुनसुकै बेला घट्न सक्छ । अब यस्तो चाउचाउको मूल्य प्रति कार्टुनको ५९५ रुपैयाँ पुगेको छ ।

चौधरी ग्रुपले भने वाइवाइ मूल्य बृद्धि हुनुमा युक्रेन युद्धका कारण गहुँको पिठो र खाने तेलको मूल्यबृद्धि कारक रहेको बताएको छ । साथै उसले तौल घट्ने र मूल्य बढ्ने काम एकैपटक नभएको दावी गरेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय