
काठमाडाैँ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, भरतबहादुर बम, सुरेश रानामगर, पदम राई, उदयबहादुर चलाउनेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरुलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ ।
उनीहरूमाथि लागेका यी मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार पक्राउ पुर्जी जारी गरेको ललितपुर अदालतले जनाएको छ ।
भूमिगत रही सशस्त्र गतिविधि गर्दै आएका विप्लव २१ फागुन २०७७ मा केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd