
काठमाडाैँ । काठमाडाैँसँग जाेडिएका मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड पहिरोका कारण ठप्प भएको छ ।
गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको हाे । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको जनाएकाे छ ।
यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको र लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् ।
यो सडक खण्डसँग जोडिएका जिल्लाका नाकानाकामै गाडी रोक्न थालिएको छ । काठमाण्डौदेखि छुट्टै गाडीलाई पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत गाडी छुट्ने ठाउँमा पनि गाडी रोकेर राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd