काठमाडाैँ । नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयले नियमित सरुवालाई छलेर गरिने ‘काज सरुवा’का लागि भनसुन नगर्न र नगराउन प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर गरेको छ ।

काज सरुवा माग्ने र गर्ने प्रवृत्तिका कारण तोकिएको दरबन्दीमा प्रहरी नजाने भन्दै प्रहरी प्रधान कार्यालयले सम्पूर्ण काज तत्काल रद्द गर्न निर्देशन गरेको छ ।

संगठनको चेन अफ कमाण्डभन्दा बाहिर गएर काजको लागि भनसुन नगर्न र नगराउन हेडक्वार्टरले सर्कुलर गरेको छ । प्रदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट गृह जिल्लामा समेत काज गरेको देखिएको भन्दै प्रधान कार्यालयले त्यस्तो काज रद्द गरेर तोकिएको दरबन्दीमा रमान गर्न निर्देश गरेको छ । सर्कुलरमा भनिएको छ ।

प्रहरी नियमावली–२०७१ को नियम–५२ अनुसार ‘प्रहरी कर्मचारीलाई सामान्यतया काजमा खटाइने छैन्’ भन्ने व्यवस्थाबारे मातहतलाई जानकारी गराउन भनिएको छ । नियमित सरुवा प्रक्रियाबाट समेट्न नसकिने अवस्थामा मात्र काग गर्ने गरेको अवस्थामा काज सुरुवाको दुरुपयोग भएको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले काज खटिएर ६ महिना पुरा भएकालाई अनिवार्य रुपमा तोकिएको दरबन्दीमा रवाना गर्न सर्कुलर गरेको छ । काज सिफारिस गर्दा कार्यालयको विशेष आवश्यकताका प्रहरी कर्मचारीको लागी मात्र सिफारिस गर्न र काज गर्न भनिएको छ । विशेष गम्भिर स्वास्थ्य समस्या र अवकाश हुने लागेको अवस्थामा बाहेक काज माग नगर्न सर्कुलर गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयलाई वतन भएको जिल्लामा काज नगर्न र सिफारिस पनि नगर्न निर्देश गरेको छ । एक ठाउँमा लामो समय बसेपछि अन्यत्र सरुवा हुँदा पुन सोही कार्यालयमा बस्नेगरी काज नगर्न र सिफारिस पनि नगर्न हेड्क्वार्टरले देशभर सर्कुलर गरेको छ ।

त्यस्तै, नियमित सरुवा मार्फत पायक पर्ने स्थापनमा प्रहरी नियमावली अनुसार अनुसूची फारम भरेर प्रधान कार्यालय वा प्रदेश कार्यालयमा पठाउन सर्कुलर गरिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय