
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन् ।
रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका हुन् । युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।
रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरहरूमा बमबारीलाई तीव्र पारेको छ । उसले स्लोभियान्स्क र क्रामाटोर्स्कलाई लक्षित गरी त्यस्ता हमलाहरू गरिरहेको छ ।
पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई लुहान्स्क कब्जा गर्ने अभियानमा भाग लिएका सैनिकहरूले आराम गर्दै लडाइँको क्षमता विकास गर्नुपर्नेू बताएको देखिएको थियो ।
२४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए । रुस समर्थित पृथकतावादीहरूले त्यहाँ सन् २०१४ मा विद्रोह सुरु गरेका थिए। त्यसै वर्ष रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो देशमा गाभेको थियो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd