काठमाडौं । पेरिसका लागि बेल्जियमका इडेन हाजार्ड र वेल्सका ग्यारेथ बेललाई टोलीमा समावेश गरिएको छ ।

च्याम्पियन्स लिग फाइनल हुनुभन्दा दुई दिनअघि स्पेनिस क्लब रियल मड्रिडले उपाधि रक्षका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ।

च्याम्पियन्स लिगको फाइनल खेल शनिबार राति पेरिसमा हुनेछ । इङ्लिस क्लब लिभरपुल र रियल २०१८ पछि उपाधि रक्षाको लागि भिड्न लागेका हुन् । चार वर्षअघि युक्रेनको राजधानी किएभमा भएको फाइनलमा रियालले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

लिभरपुलले पनि छिट्टै २६ सदस्यीय टोलीको घोषणा गर्ने मुख्य प्रशिक्षक जोर्गन क्लोपले बताएका छन् । रियलका मुख्य खेलाडी इडेन हाजार्ड र ग्यारेथ बेलले चोटका कारण यो सिजन लामो समय खेलेका छैनन् । कार्लो एन्सेलोटी क्लबको मुख्य प्रशिक्षक भएदेखि नै दुवैतर्फ बढी ध्यान दिइरहेका छन् ।

बेलले यो सिजन रियालबाट ७ खेल मात्रै खेलेका छन् । उनी अन्तिम पटक अप्रिल ९ मा मैदान प्रवेश गरेका थिए । लिभरपुलसँगको यो खेल उनको अन्तिम खेल सावित हुन सक्छ । उनको सम्झौता १ जुलाईमा सकिँदैछ ।

यस सिजन कप्तान मार्सेलो र इस्कोको पनि अन्तिम खेल हुन सक्छ । यी दुईबाहेक ड्यानी सेबालोस, जेसस भालेजो, लुका जोभिक र मारियानो डियाजले पनि क्लब छाड्न सक्नेछन् ।

स्टार खेलाडीले सजिएको रियलको टोलीले सुरुआती ११ मा खासै परिवर्तन गर्ने छैन । थिबो कोटवाले गोलकिपिङको जिम्मेवारी सम्हाल्नेछन् । डेभिड अल्बा डिफेन्समा इदार मिलिटाओ, फेर्ल्यान्ड मेन्डी र ड्यानी कारभालसँगै देख्न सकिन्छ ।

यस्तो छ लिभरपुल विरुद्ध हुने फाइनल खेलको लागि रियलको टोली :

गोलकिपर : कोर्टोइस, लुनिन, फुइडियास
डिफेन्डर : कार्भाजल, मिलिताओ, अलाबा, भालेजो, नाचो, मार्सेलो, एफ मेन्डी
मिडफिल्डर : क्रुस, मोड्रिच, कासेमिरो, भाल्भर्डे, लुकास, किभिएल्स, इसको, क्यामभिङ्गा
फरवार्ड : हाजार्ड, बेन्जेमा, एसेन्सियो, जोभिक, बेल, भिनी जुनियर, रोड्रिगो, मारियानो

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय