नवलपरासी पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छन ।

मेयरमा भीमलाल अधिकारीले १६ हजार २ सय १२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका हुन ।

त्यसैगरी उपमेयरमा निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १ सय ५ प्राप्त गरेकी छन भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी टिका महतोले १४ हजार ५ सय ६४ मत ल्याएकी हुन ।

१५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा नेकपा एमालेले १० वटा वडा र नेपाली कांग्रेसले ५ वटा वडामा विजय हात पारेको छ । २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरमा बहुमतसहित नेपाली कांग्रेसले विजय हात पारका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय