काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गरेको भन्दै प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ । नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याएर मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने आर्थिक प्रलोभनमा पारी निक्षेप संकलन र ऋण प्रवाह गर्दैआएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।

ठगी गरेको सूचनाका आधारमा प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तिमिल्सेना आफैंले नेपाल राष्ट्र बैंकको नक्कली इजाजतपत्र तयार गरेको प्रारम्भिक अनसन्धानबाट खुल्न आएको छ । तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

दैलेखको आठबीस नगरपालिका–७ घर भई हाल भरतपुर–७ बस्ने २७ वर्षीय तिमिल्सेनालाई यहि मंसिर ६ गते नै पक्राउ गरिएको थियो । उनलाई चितवन जिल्ला अदालतबाट आइतबार म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय