
काठमाडौँ । जिल्ला अस्पताल डोल्पामा लादै गरेको एम्बुलेन्सलाई तुइनबाट नदी तार्दै गर्दा खिचेको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ ।
सुर्खेतबाट झन्डै पाँच दिनमा तुइनका साथै डोजरको सहयोगमा उक्त एम्बुलेन्सलाई पहिलो पटक डोल्पा पुर्याइएको हो ।
नेपालमा अहिले पनि यस्तो ठाउँ देख्दा मानिस अचम्ममा पर्छन् । तर यो सत्य हो । अस्पतालका लागि डोजर, तुइन तथा मानिसको सहारामा एम्बुलेन्स अस्पतालसम्म लगिएको छ ।
दुई दर्जन मानिसले चार घण्टा लगाएर एम्बुलेन्सलाई तुइनमा ठूली भेरी नदी तारेर सदरमुकाम दुनै पुर्याइएको उदय जीसीले बताए । अस्पतालमा कार्यरत डा. प्रशन्न कार्कीले उक्त एम्बुलेन्स दुर्गम डोल्पाको स्वास्थ्य सेवा सुधारमा सहयोगी बन्ने आशा व्यक्त गरेका छन् । बिबिसी
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd