फेसबुक आममानिसको पहिलो रोजामा पर्ने गर्छ । हुन त अहिले सामाजिक सञ्चालमा धरै रहेको छ तर पनि समग्रमा हेर्दा अझै पनि फेसबुक नै पहिलो रोजाइमा पर्ने गर्छ मानिसको त्यसैले फेसबुक हाम्रो जीवनशैलीको अभिन्न अंग बनिसकेको छ ।

फेसबुकमा स्टाटस लेख्नु, फोटो पोस्ट गर्नु तथा अरुका पोस्टमा लाइक र कमेन्ट गर्नु हामीमध्ये धेरैको दैनिक तालिका जस्तै बनेको छ ।

तर हामीले फेसबुक त चलाउछौँ तर त्यससँग सम्वन्धीत नियम कानुन थाहानभएको पनि हुन सक्छ । तर फेसबुक चलाउने क्रममा यसका नीति-नियमहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।

किनकी आफ्ना नीति-नियमहरुको उल्लघंन गरेको खण्डमा फेसबुकले सम्वन्धित व्यक्तिको एकाउन्ट बन्द गरिदिन सक्छ ।

फेसबुक एकाउन्ट ब्लक हुन सक्ने अवस्था तल निन्न दिइएको छ ।

१. गलत फोटो वा भिडियो अपलोड गरेको खण्डमा
लागूऔषध प्रयोग, नग्नता वा कुनै प्रकारको खेदजन्य ग्राफिक सामग्री सेयर गर्ने अकाउन्टलाई ब्लक गरिन्छ ।

२. नचिनेका व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाएमा
फ्रेन्ड रिक्वेस्ट ब्लक सेक्सनमा लेखिएको छ कि यदि तपाईं यस्ता व्यक्तिहरुलाई फ्रेन्ड रिक्वेस्ट वा गेमिङ रिक्वेस्ट पठाउनुहुन्छ जसलाई तपाईंले चिन्नुभएको छैन र यदि उनीहरुले तपाईंमाथि फेसबुकमा रिपोर्ट गरिदिए भने तपाईंको एकाउन्ट ब्लक हुन्छ ।

३. अत्यधिक म्यासेज पठाएमा
फेसबुकको हेल्प पेजमा राखिएको ‘ब्लकिङ पोलिसी’ अनुसार यदि कोही प्रयोगकर्ता एकदमै छोटो समयमा अत्यधिक व्यक्तिहरुलाई म्यासेज पठाउँदा र म्यासेज पाउनेहरु धेरैले यसलाई ‘अनवेल्कम’ को मार्क गर्छन् भने केही समय उक्त अकाउन्ट बन्द हुन्छ ।

४. अनाधिकृत सामग्री पोस्ट गरेमा
यदि तपाईंसँग कुनै सामग्री (फोटो, ९टेक्स्ट वा भिडियो० सेयर गर्ने अधिकार छैन भने आफ्नो एकाउन्टबाट जबरजस्ति सेयर नगर्नुस । यसो गरेमा फेसबुकले पहिले चेतावनी पठाउँछ । चेतावनीपछि पनि यस्तो सामग्री सेयर भइरहे या त फेसबुक आफैंले तपाईंको अकाउन्टबाट उक्त सामग्री हटाइदिन्छ या तपाईंको एकाउन्छ ब्लक गरिदिन्छ ।

५. ‘हेट स्पिच’ पोस्ट गरेमा
फेसबुकको नीति अनुसार कुनै व्यक्ति, समुदायको गु्रुपका विरुद्ध घृणाजन्य अभिव्यक्ति पोस्ट गरेको खण्डमा तपाईंको फेसबुक अकाउन्ट केही घन्टाका लागि ब्लक हुन सक्छ ।

६. दुई सयभन्दा बढि ग्रुपको सदस्य भएमा
फेसबुकले हरेक प्रयोगकर्तालाई बढिमा २ सय वटा गु्रपमा आवद्ध हुन अनुमति दिन्छ । योभन्दा बढि संख्यामा गु्रप ज्वाइन गरेमा तपाईंको एकाउन्ट ब्लक हुन सक्छ ।

७. साथीको सिफारिसमा
यदि तपाईंको कुनै फेसबुक मित्रले भुलवस तपाईंको कुनै सामग्रीलाई अपमानजनक वा स्पाम भनेर रिपोर्ट गर्‍यो भने पनि अकाउन्ट ब्लक हुन सक्छ ।

८. पोक गरेर हैरान पारेमा
फेसबुकमा अरुलाई पोक गरेर हैरान पार्ने सोख तपाईंको छ भने यसलाई त्याग्नु उचित हुन्छ । यसरी जथाभावि पोक गरेको खण्डमा तपाईंको एकाउन्ट बन्द हुन सक्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर