रुकुम । रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ । पहिले गोठभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ ।

पशुपालन गर्ने प्रचलन घटेका कारण अहिले खेतीपाती लगाउने समयमा गोरु खोज्दैमा कृषकहरु हैरान भएका छन् भने खेतबारीमा रासायनिक मलको अत्यधिक प्रयोग हुन थालेको छ ।

प्रायः सबै स्थानीयवासीले धेरथोर खेतीपाती गर्दछन् तर गोरु गाउँभरिमा पाँच/सात हल मात्र हुँदा गोरु खोज्दै र पालो कुर्दैमा समयमा खेतीपाती गर्न समस्या भएको छ । खेतीपाती गर्ने एक याममा एक हल गोरुले चार गाउँ धानेका छन् । सिस्ने गाउँपालिका-६ का तिलक रेउले भास्करले यस वर्ष अर्कैको गोरु भाडामा लिएर खेती लगाएका छन् ।

गोरुको रु एक हजार र हलीको रु एक हजार तिरेर उनले गहुँ लगाएका छन् । उनी मात्र होइन, यसरी गोरु खोज्दै भाडामा लिएर खेती लगाउनेहरु थुप्रै छन् । सबैले गोरु पाल्न छोडेपछि पछिल्लो समय गोरुहरु पनि भनेको बेलामा नपाइने उहाँको भनाइ छ । यस्तै सिस्ने गाउँपालिका-५ रुमालबाराका आइते कामीका एक हल गोरु छन् ।

उनका गोरुले रुमालबारासहित टाकुरा, बाहुनठाना, बाहुनडेरालगायतका ठाउँमा खेतीपाती लगाउने गरेका छन् । जिल्लामा कृषिका लागि अझै पनि आधुनिक प्रविधि भित्रिनसकेकाले किसानहरु परम्परागत रुपमा खेतीपाती गर्न बाध्य छन् । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय