काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे ले नेपालको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरि आज स्वदेश फिर्ता भएका छन् । शुक्रबार दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आज बिहान उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गएर तालिमरत प्रशिक्षार्थिहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा बताएका थिए ।

स्वदेश प्रस्थान गर्नु पूर्व, भारतीय स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल नरवणेले प्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूसँग शिष्टाचार भेटघाट गरेका थिए ।

यसअघि बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यालेवी भण्डारीबाट उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो भने प्रधानसेनापति थापाले उनको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए ।

शुक्रबार नै जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरुमा खुला छलफल भएको थियो । भेटवार्ताकै क्रममा दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमहरु लगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । यो भ्रमणले दुई देशबीच हुदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर