काठमाडौँ । अघिल्लो बर्षको भन्दा यो वर्ष छिटो जाडो सुरु भएको मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकामा यो वर्षको जाडो सुरु भएदेखिकै सबैभन्दा कम आज तापक्रम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ । पोहोर साल यही समयको तुलनामा आज कम तापक्रम मापन भएको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।

‘पोहोर साल नोभेम्बर महिनाको पहिलो हप्ताको तुलनामा अहिलेको तापक्रम एक–दुई डिग्री कम हो,’ मानन्धरले अनलाइनखबरसँग भनिन् । उनले अब दिनहुँ तापक्रम घट्दै जाने र जाडो बढ्ने बताइन् ।

हाल दिउँसो घाम लाग्ने गरे पनि बिहान र साँझ चिसो महसुस हुने गरेको छ । काठमाडौं उपत्यकामा बिहानपख कुहिरो लाग्न थालेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय