काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गदै आएको दैनिक कोरोना प्रेस ब्रिफिंग अब देखी साताको दुई दिन मात्र हुने भएको छ ।
आज भएको प्रेस ब्रिफिंग मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार अब आइतबार र बुधबार मात्र प्रेस ब्रिफिंग हुनेछ । यद्यपी कोरोना सम्बन्धित विवरण दैनिक रुपमा दिइने भएको छ ।
मन्त्रालयको वेबसाइट, फेसबुक, ट्वीटर, भाइबरमा प्रत्येक दिनको ४ः३० बजे कोरोनाअपडेट गरिने छ ।
मन्त्रालयले प्रेस ब्रिफिङको तालिका परिवर्तनको कारण भने खुलाइएको छैन ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd