
काठमाडौँ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत लिभरपुले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुले मिड्टजिल्यान्डलाई २–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहम्मद सालाहले एक–एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई २–० गोलको जित दिलाए । जितसँगै लिभरपुलले दुई खेलबाट ६ अंक जोडेको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd