बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई हिजो पक्राउ गरेको छ ।

गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजाय सुनाएका बागलुङ नगरपालिका वडा नं २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो ।

अदालतको फैसलापछि उनी फरार थिए । दशैंँ मनाउन घरमा आएका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बस्नेतले एक वर्ष १० महिना २१ दिन कैद र रु ७५ हजार जरिवाना भुक्तान गर्न बाँकी छ ।

उनलाई बिहीबार नै जिल्ला अदालत पेश गरिएको छ । दुई महिनायता अभियान चलाएको प्रहरीले हालसम्म १०८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बागलुङमा ४८० प्रतिवादी फरार छन् । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर