काठमाडौँ । सिधा कुरा जनतासँगको कार्यक्रमका प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने र पत्नी निकिता पौडेलमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

सामाजिक सँन्जाल फेसबुक मार्फत जानकारी गराउदै लामिछानेले लेखेका छन् ।

“गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।”

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर