वि.सं. २०७७ कात्तिक १३। बिहीवार। इ.स. २०२० अक्टोबर २९। शकसंवत् १९४२ । ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। त्रयोदशी, १५:२५ उप्रान्त चतुर्दशी ।

-नेपाली पात्रो

मेष – छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने टाढिनुपर्ला । लगानी बढाउनुपरे प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

वृष – केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ ।

मिथुन – आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।  प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

कर्कट – सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। व्यवसाय विस्तार गर्ने समय छ ।

सिंह – चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ ।

कन्या – प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

तुला – वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर बन्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ ।

वृश्चिक – सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ ।

धनु – अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ । धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ ।

मकर – सिद्धान्तमा मतभेद देखिनाले कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । काममा अरूको भर नपर्नुहोला । भौतिक साधन जुट्नाले आंशिक काम बन्नेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । फाइदाका पछि लाग्दा अप्ठ्यारा चुनौती आउन सक्छन् ।

कुम्भ – अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

मीन – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय