काठमाडौँ । फेसबुकले अन्ततः क्लाउड गेमिङ फिचर सार्वजनिक गरको छ ।

अब फेसबुकका प्रयोगकर्ताले डाउनलोड नगरेरै अस्फाल्ट नाइन जस्ता गेम खेल्न सक्ने भएका छन् ।

यद्यपी फेसबुकको क्लाउड गेमिङ केवल एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । आईओएस प्रयोगकर्ताले भने अझै केही समय पर्खिनुपर्नेछ । फेसबुकको क्लाउड गेमिङ गुगल स्टेडिया तथा माइक्रोसफ्टको एक्सक्लाउड जस्तो भने होइन । नयाँ अपडेट पश्चात फेसबुकका प्रयोगकर्तालाई गेमिङका लागि एक छुट्टै ट्याब दिइनेछ ।

जसमा क्लिक गरेर अनेक किसिमका गेमहरु बिना डाउनलोड खेल्न सकिनेछ । यसबाट प्रयोगकर्ताको डेटा र मेमोरी बचत हुनेछ । फेसबुक क्लाउडमा तपाईंले कुनै कन्ट्रोलरको आवश्यकता समेत पर्ने छैन । तपाईं जुन किसिमले मोबाइलमा गेम खेल्नुहुन्छ, ठीक त्यसैगरी फेसबुकमा समेत खेल्न सक्नुहुनेछ ।

फेसबुकको यो गेमिङ सर्भिस हाललाई अमेरिकामा सार्वजनिक गरएको छ । नेपाल लगायतका अन्य देश तथा आईओएस डिभाइसमा कहिले आउँछ भन्ने विषयमा कुनै प्रस्ट जानकारी कम्पनीको तर्फबाट आएको छैन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय