बागलुङ । भनिन्छ नि संघर्ष गरेपछी एकदिन पक्कै सफलता प्राप्त गर्न सकियला कि भन्ने हिम्मत संगै पर्दा पछि परेकी लाेक दाेहाेरी गायिका हुन शान्त बर्देवा बाल्यकाल देखि संगितप्रतिकाे माेहले उनलाई जराे गाडेपछि पुराना सर्जककाे गित सुनेर उनी एकल‌ै गुनगुनाउने गर्थिन ।

म्याग्दी जिल्लाकाे रघुगंगा गाउपालिका दग्नाममा  सामान्य परिबारमा जन्मेकी बर्देवाकाे रुचि टेलर ब्यबसाय तिर पनि पुग्याे । शुरूमा बेनि बजारमा २०६७ सालमा टेलर ब्यबसाय गरेकी शान्तले सिलाई पेसा संगै २०६८ सालमा चर्चित गायक कुलेन्द्र बिक संग पिर को बन्धन लाेक दाेहाेरी गित बजारमा ल्याईन । अहिले सम्म उनका दुई दर्जन भन्दा बदि गीत रेकर्ड भयका छन ।

म्याग्दी जस्ताे बिकट ठाउमा बसेर ब्यबसाय संगै बर्देबाले, म्याग्दी को चिनारी जाउ हिड घुम्न लाई सिङगा तातो पानी, पुग्नै पर्ने ठाँउ, ढल्यो बैँस उदो गति भो, घाइते मुटु, बादल भित्र लुक्ने जुन हु म,शत्रु को रैछ, सालैजो रोधी घर म भेट्भाको दिन, आउदैनन बा फर्की, सिर फुल माया, चौबन्दी को तुनाले बान सानू माया, पुर्णिामा ले जुन लाई रोजेको, मुटु भरी माया साच्न लाई, बजारमा ल्याईन भने उनका अब आउने क्रममा रहेको गित, मत सानू तिम्रै पिर मा हुन्छु, म फुल परे बगैचाकी रानी दसै आयो तिहारै आयो डाडा पारी माया को गाउछ कौडा पन्चे बाजा को रत्तेउली ए भेना धन्नै मलाइ लगेन आधिखोला ले जस्ता गित बजारमा आउदै छन् ।

आफु १४ बर्षकाे हुदा बाबा गुमाउनुकाे पीडा त छदै थियाे यता आमा दमकाे बिरामि हुदा काे पिडाले थप पीडा बाेध हुने गरेकाे गुनासाे सुनाईन । केहि गर्न नसक्ने अबस्था भयपछि गायिका बर्देवालाई घरकाे दुख पनि झेल्नु पर्याे सानै देखिकाे संगित प्रतिकाे लगाब संगै आउने दिनमा पेसा संगै संगितमा रमाउने दृढ चाहन रहेकाे बर्देवाले बताईन । उनी हाल पाेखराकाे रिमझिम दाेहाेरी साझमा कार्यरत छिन । केपी कुमार जलन

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय