
काठमाडौँ । पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd