पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर-एक पीसीआर जाँच’ अभियान सुरु गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई यो सुविधा लिन अपिल गरेका छन् । कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने भन्दै आफू संक्रमित हुँदा भोगेको समस्याबारे जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए ।

मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले आज बिहान १० बजे समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाले जनाएको छ । हरेक घरमा एकजनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करिब पाँच सयजनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय