ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवामा रहेको पूर्व सभासद सञ्चपाल मादेनको घरमा आगलागि भएको छ ।

आगलागिका कारण नगद १ लाख ५० हजार, १ तोला सुन, अन्नबाली, फर्निचरका सामाग्री, लत्ताकपडा, अलैँची लगायतका सामान जल्दा ३९ लाख ६५ हजार हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । आगलागीबाट अन्य मानवीय र चौपायाको क्षति भने नभएको समेत उनले बताए ।

ढुङगा माटोले बनेको जस्ताको पाता लगाइएको तीन तले घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । दिउँसो करिव पौने १ बजेबाट सुरुभएको आगलागी स्थानिय नेपाली सेना, नेपाल प्रहरी, र शसस्त्र प्रहरी बल लगायतको सक्रियतामा करिव साढे २ बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । अजमल अन्सारी 

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर