
बागलुङ । बरेङ गाउँपालिकाले विदेशबाट फर्केका युवालाई काममा सहभागी गराउने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।
गाउँपालिकाले पूर्वाधारतर्फ १ सय ८० योजना बनाएर काम गर्दैछ भने प्रत्येक वडा र टोलमै पुगेर योजना सम्झौता गरिएको हो ।
कोरोना भाईरसको कारणले बिदेश बाट फर्कन बाध्य भएका युवालाई गाउँपालिकाले आर्थिक सहयोग अनुदान समेत गर्ने भएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले फेवा नेपाललाई जानकारी गराउदै कृषि, पशु र शिक्षामा प्राथमिकता दिइएको बताए ।
उनले पूर्वाधारका भन्दा सफ्टवयरका काम निरन्तरता दिएको जनाउँदै यो वर्ष कोभिड प्रभावितलाई रोजगारीमा जोड्दै उत्पादन वृद्धि गर्ने योजनामा प्राथमिकता दिइएको जनाए ।
पालिकाले विद्यालय भवन निर्माणदेखि शौचालय र तारबारका काम समयमै सक्ने योजना पनि बनाएको छ । गाउँ पालिकामा बिदेश बाट फर्किएका करिब चार सय जना युवा कोभिड बाट प्रभावित भएको अध्यक्ष शर्माले बताए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd