जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा  विजयादशमीका दिन आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए । आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर