काठमाडौँ । बडादशैँको आज मुख्य दिन मान्यजनका हातबाट टिका लगाउने उत्तम साइत १०ः१९ बजे  लगाइदैछ ।

टीका लगाउँदा कुन दिशा अवलम्बन गर्ने भन्ने ज्ञान नहुँन सक्छ । धर्मशास्त्रका ज्ञाताहरूले हरेक वर्ष टीका लगाउने र लगाइदिनेले कुन दिशा फर्कने भन्ने निर्धारण गर्दै आएका छन् ।

यस वर्ष चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने धर्मशास्त्रविद् डा. रामचन्द्र गौतमले जनाए ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर