काठमाडौँ । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग समितिले  देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको जनाएको छ ।

समितिले सोमबार दिन भर शुभहुने हुँदा जुनसुकै समय टीका लगाउन सकिने समेत बताएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । कतिपय जिल्लामा आज एक दिनमात्रै र कतिपय जिल्लामा आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ ।

कोरोना महामारी बीच सचेतना अपनाई टिका ग्रहण गर्न नेपाल सरकारले सबैलाई आग्रह गरेको छ । सोमबार दुर्गा माताको प्रसाद स्वरूप टिका र जमरा लिने चलन छ । घटस्थापनाको दिन मकै, जौ, गहुँ लगायतका बीउको जमरा राख्ने गरिन्छ ।

सबैले आफैंले बसेको ठाउँमा टीका र आशीर्वाद लिन हामी पनि हाम्रा पाठकलाई अनुरोध ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय