काठमाडौँ । भक्तपुरमा एक भारतीय नागरिकको ह त्या भएको छ । उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका-१ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको ह त्या भएको प्रहरीले जनाएको छ ।

उनको शव आइतबार बिहान पौने आठ बजे ईटापाको प्लानिङ नरकटघारी खोल्सामा फेला परेको थियो । शव फेला परेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाको कमान्डमा टोली खटिएको थियो ।

हुसैनको टाउको र अनुहारमा चिन्न नसिकने गरी चोट लागेको थियो । पहिले उनको सनाखत भने भइसकेको थिएन । पछि प्रहरीले दुई वटा तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अघि बढाएको थियो । प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार यस घटनामा संलग्न देखिएपछि उत्तरप्रेदशकै २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरू दुवै जना हुसैनसँगै कारखानामा काम गर्थे । प्रहरीले उनीहरू दुवैलाई नियन्त्रमणमा लिई अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा उनीहरूको कोठामा प्रहरीले खनतलासी गरेको थियो । जहाँबाट रगत लागेको लुगा र जुत्ता फेला परेको थियो ।

 गिरीका अनुसार उनीहरू तीनै जना शनिबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मापसे गरी बेलुकी ९ बजे कारखाना फर्किने क्रममा नरकटघारी पुगेपछि सानु अन्सारीको प्रेमिकाको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो । हुसैनले प्रेमिकाको विषयमा अनुचित बोलेपछि झगडा भएको थियो ।

साथै उनीहरूले ह त्या गरी उक्त शवलाई खोल्सालाई फालेर गएका थिए। पोष्टमर्टमको लागि शव भक्तपुर अस्पतालमा राखिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर