बलिउड अभिनेता शाहरुख खानले फ्रन्टलाइन योद्धाहरुलाई दुई हजार थान पीपीई ( पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट ) किट प्रदान गरेका छन् ।

शाहरुखले उनको परोपकारी संस्था ‘मीर फाउन्‍डेसन’ मार्फत प्रदान गरेका हुन् । उक्त फाउन्डेसनले एसिड सर्भाइभरहरुका लागि काम गर्छ ।

छत्तीसगढका क्याबिनेट मन्त्री टी.एस. सिंह देवले ट्‌विट गर्दै शाहरुखप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, “हाम्रो फ्रन्टलाइन वारियरहरुको सुरक्षाका लागि पीपीई प्रदान गरिदिनुभएकामा, म शाहरुख र मीर फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद

राजश्री आर्टिस्ट हामीलाई यो सम्पर्क गरेर यो सम्भव बनाइदिनुभएकोमा । तपाईंको उदारताले हाम्रो स्वास्थ्य सेवा नायकहरुको रक्षा गर्न धेरैलाई प्रेरित गरेको छ ।”

यसअघि शाहरुले प्रधानमन्त्री केयर्स कोष, महाराष्ट्र, दिल्ली र पश्चिम बंगालमा आर्थिक सहयोग प्रदान गरिसकेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर