
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिएका छन् भने यही अवधिमा ३ हजार ३३६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म १ लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ७०.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५७२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ । नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd