विद्युत्को लाइन नलगाड नगरपालिका–८ हल्चौरमा विस्तारसँगै गाउँ झिलिमिली भएको छ ।

करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा शुरु भएको हो। स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहलमा हल्चौर गाउँमा विद्युतीकरण भएसँगै हल्चौरवासीहरु खुसी भएको नलगाड–८ का रामप्रसाद खत्रीले जानकारी दिए । अहिले गाउँमा वाइरिङको काम भइरहेको छ ।

मन्त्री बस्नेतका अनुसार अहिले खुमाउरी खोलाबाट विद्युत् ल्याएर सञ्चालन गरे पनि केही महिनाभित्र केन्द्रीय लाइन विस्तार भइरहेकोले सोही लाइनमार्फत हल्चौरमा विद्युतीकरण गरिने बताए । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय