धादिङ । लामो समयदेखि विग्रिएका सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याईएको छ ।

प्रहरी कार्यालय धादिङमा कन्ट्रोल कक्ष राखेर सदरमुकाम धादिङवेँसीमा जोडिएका अधिकांश सीसी क्यामेरा बिग्रिएर काम गर्न छाडेका थिए ।

शान्ति सुरक्षालाई ध्यानमा राखेर बजार क्षेत्रमा ३८ स्थानमा सीसी क्यामेरा राखिएकामा केही महिनादेखि २१ वटाले काम गर्न छाडेका थिए । पछि जिल्ला प्रहरी कार्यालयले मर्मतका लागि नीलकण्ठ नगरपालिकालाई आग्रह गरेको थियो । जिल्ला सदरमुकाममा सुरक्षा निगरानी गर्नका लागि नीलकण्ठ नगरपालिकाको सहयोगमा सीसी क्यामेरा जडान गरिएको थियो ।  दरमुकामका मुख्यमुख्य चोक र मानिसहरूको भीडभाड बढी हुने स्थानमा सीसी क्यामरा जडान गरिएको छ ।

सीसी क्यामेरा राखेपछि सुरक्षा अवस्था निगरानी गर्न सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेश खड्काले बताए । बजार क्षेत्रभित्र कहाँ के भइरहेको छ भनेर सीसी क्यामेरामा हेरेर प्रहरीले कन्ट्रोल रुमबाटै निगरानी गर्ने गरेको थियो ।

विग्रिएका मध्ये अब ४ वटा क्यामेरा मर्मत गर्न बाँकी रहेको र ति क्यामेरा पनि दशैं लगत्तै मर्मत गरिने सदरमुकामभित्र हुने चोरीका घटनाहरू, लुटपाट, सवारी दुर्घटना, महिला हिंसा, बालअधिकार हननलगायतका विभिन्न घटनाहरू नियाल्न र न्यूनीकरण गर्न क्यामेराले महत्त्वपूर्ण सहयोग गरेको खड्काको भनाइ छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर