बागलुङ । बागलुङमा बिहीबार १७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बागलुङको अनुसार बागलुङ नगरपालिकाका १६ र गलकोट नगरपालिकाका १ जनाले कोरोना जितेर घर फर्केका हुन । कोरोना जित्नेहरु दुई हप्तासम्म होम क्वारेन्टाईनमा बस्नुपर्नेछ ।

संक्रमित मध्ये एक जना जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी र अन्य काठमाण्डौदेखि बागलुङ आएर होमक्वारेन्टाईन बसेका हुन् । जिल्लामा हाल १७३ जना संक्रिय कोरोना संक्रमित उपचाररत छन । कुल ६२८ संक्रमित पहिचान भएको बागलुङमा ४५१ जना जना निको भएका छन भने चार जनाको निधन भएको छ ।

विहीबार नै बागलुङ नगरपालिका–३ मा तीन जना संक्रमित थपिएका छन् । हाल ४७ जना क्वारेन्टाईनमा छन । स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार अनुसार बागलुङ नगरमा १३०, गलकोटमा १२, काठेखोलामा १६, जैमिनी नगरमा आठ, गलकोटमा १२, तमानखोलामा तीन र ताराखोला गाउँपालिकामा दुई जना संक्रमित छन् । संक्रमित हुने मध्ये ८६ प्रतिशत पुरुष छ भने १४ प्रतिशत महिला हुन् ।

समुदायस्तरमा पहिचान भएका संक्रमितमा भाईरस लोड बढी हुँदा निको हुन धेरै समय लागेको हुन सक्ने महामारी फोकल पर्सन घिमिरेको भनाइ छ । अहिले उपचारपश्चात निको हुने दर ९२ बाट ७२ प्रतिश मा झरेको छ भने ०.२ मा रहेको मृत्युदर बृद्धि भएर ०.६ प्रतिशतमा पुगेको छ । संक्रमित मध्ये २७ प्रतिशत उपचाररत छन । स्वाब परीक्षण गरेका मध्ये ६.८ प्रतिशतमा संक्रमण देखिएको छ ।

नेपालमा यो दर १०.९ प्रतिशत छ । चैत्रदेखि यता नौ हजार ५६० जनाको कोरोना परीक्षण गरिएको छ । महामारी फोकल पर्सन घिमिरेका अनुसार धौलागिरी अस्पतालमा ११, धौलागिरी बहुमुखी क्याम्पसमा १५, नरेठाँटी स्वास्थ्य चौकीमा पाँच, जनता प्राविमा दुई, बोङगादोभान स्वास्थ्य चौकीमा तीन, रात्माट आइसोलेसन केन्द्रमा २२, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सात र नम्बर २३ बाहिनी अड्डामा ६२ जना उपचाररत छन् । गलकोट नगरपालिकामा एक, बागलुङ नगरमा ११, काठेखोलामा दुई जना होमआईसोलेसनमा छन भने ३२ जनालाई आईसोलेसन ल्याउने तयारी भैरहेको छ । साभार: गोरखा पत्र

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय