धनगढी । नेपाल पत्रकार महासंघ बझाङका उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवले पदबाट सामुहिक राजीनामा दिएका छन् ।

सदस्य वितरणमा महासंघका अध्यक्ष र सचीवले एकाधिकार जमाएको भन्दै असन्तुष्टि जनाउँदै सामुहिक राजीनामा दिएका हुन ।

उपाध्यक्ष सम्राट सिंह, कोषाध्यक्ष राजेन्द्र सिंह र सहसचिव सुवास कठायतले आजदेखी लागू हुने गरी सामुहिक राजीनामा दिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

पत्रकारीता सङ्ग कुनै साईनो नभएका राजनीति दलका कार्यकर्ता र परिवारका सदस्यलाई पत्रकार महासंघको सदस्यता वितरण गरेर महासंघको गरिमा कलङ्कित पार्ने खोजिएको´ बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ ।

पेशागत मर्यादासित जोडिएको सदस्यता शुद्धीकरण महासंघका हरेक बैठकमा छलफलको विषय बने पनि त्यो छलफलमै सीमित भएको उनले उल्लेख गरेका छन् ।

पत्रकारको संस्थालाई गैर पत्रकारको अखडा बनाईएकोले पेशागत मर्यादालाई ध्यानमा राख्दै संगठनमा बस्न उचित नदेखिएकोले राजीनामा दिएको उल्लेख छ । महासंघको सदस्यता वितरणमा युनियनले एकाधिकार जमाएको भन्दै प्रेस संगठनले विरोध जनाउदै आएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर