काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट बिहीबारदेखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

राष्ट्र बैङ्कले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको उक्त नोटमा पहिलेको जस्तै रातो रङ र बाह्रसिंगेको फोटो रहेको र साविकको जस्तै अक्षर लेखिएको छ । ‘हामीले १० करोड थान नयाँ नोट बजारमा पठाएका छौं, यो आजैदेखि चलनचल्तीका लागि खुला गरिएको छ’ कार्यकारी निर्देशक नेपालले भने ।

२० रुपैयाँको नोट जारी भए पनि अघिल्लो वर्षजस्तै सबै नोट भने बजारमा पठाइएको छैन । राष्ट्र बैङ्कमा भीडभाड हुने भएकोले नोट सटही नगर्ने जनाएको छ ।

‘कारोबार चलाउन र खुद्रा मिलाउन समस्या छैन, तर विगतमा जस्तै साट्ने प्रयोजनको लागि यो पटक नयाँ पैसा पठाइएको छैन,’ उनले भने । नयाँ पैसा नपाएपछि सर्वसाधारणले यसपटक टिकाटालोका लागि सुकिलो पैसाको जोहो गर्न थालेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय