
काठमाडौँ । नेपालमा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित थपिएका हुन् । यो सहित कुल संक्रमितको हालसम्म को संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यो सहित नेपालमा निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । देशभर संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको मन्त्रालयले जनाएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd