आश्विन नवरात्रको छैटौँ दिन छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ ।

१‍. महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान
२. नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान-सुखको बरदान
३.  कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्यख्यान
४. बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
५. महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप
६. स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय